फ्राइडे फिल्म : कमान्डरको सोलो प्रर्दशन

फ्राइडे फिल्म : कमान्डरको सोलो प्रर्दशन


काठमाडौं ।
आज शुक्रबारदेखि प्रर्दशन हुने चलचित्र ‘कमान्डर’ मा प्रहरी तथा तस्करीबीचको टक्करलाई मुख्य विषय बनाइएको छ । चलचित्रमा अभिनेता अनुपविक्रम शाहीले प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन् भने रविन तामाङले तस्करको नाइकेको भूमिका निर्वाह गरेका छन् ।

चलचित्रमा समाजमा व्याप्त भ्रष्टाचार, तस्करी, लागू औषध कारोबार, चेलीबेटी बेचबिखनजस्ता विषयलाई चित्रण गरिएको छ । एल आर विवेक सापकोटाको निर्देशन रहेको यस चलचित्रले सोलो रिलिज पाएको छ ।

गएको कात्तिक अन्तिमसम्म नेपाली फिल्मका लागि सोलो रिलिज असम्भव जस्तै बनेको थियो । हरेक हप्ताको शुक्रवार एक वा दुईभन्दा बढी चलचित्रबीच भिडन्त हुँदै आएको थियो । तर मंसिर महिनाको सुरुवातसँगै नेपाली चलचित्र प्रदर्शन नै हुन छाडेको छ ।

Logo