बुटवलमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु

बुटवलमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु


बुटवल ।
गएराति बुटवलमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। राति साढे १० बजेतिर बुटवल उपमहानगरपालिका १० बेसक्याम्प चोकमा कारले स्कुटरलाई ठक्कर दिएको थियो। लु २२ प १८२३ नम्बरको स्कुटरलाई कारले ठक्कर दिएको हो।

कारको ठक्करबाट स्कुटरमा रहेकी २२ वर्षकी सपना पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । स्कुटरलाई ठक्कर दिएपछि फरार रहेको कारको खोजी भइरहेको बताइएको छ ।

Logo