दोस्रो पिपिएलको उपाधि चितवनले जित्यो

दोस्रो पिपिएलको उपाधि चितवनले जित्यो


चितवन राइनोजले दोस्रो पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटको उपाधि जितेको छ।

विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि हात पारेको हो । २ सय ३ रनको लक्ष्य पछ्याएको विराटनगरले  पूरा २० ओभरमा ७ विकेट जाँदा  १ सय ७० रन मात्र बनाएको हो ।

पहिलो विकेट ११ रनमा गुमाउँदा सुनिल धमला ४ रन बनाएर आउट भएका थिए । १६ रन हुँदा लोकेश बमलाई विराटनगरले दोस्रो विकेटका रुपमा गुमाउन पुग्यो । लोकश ४ रनमा पेभेलियन फर्किए । यसैगरी पुनित मेहरा ३२ रन बनाएर आउट भए भने १८.४ ओभरसम्म क्रिजमा रहेका कप्तान प्रदीप ऐरीले ३६ रन बनाए पनि हार भने टार्न सकेनन् ।  छैटौं विकेटको रुपमा दिलिप नाथ खाता नै नखोलि आउट भए ।

पोखरा मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएको थियो । पारस खड्काको कप्तानीमा खेलेको चितवनले उपाधिसँगै नगद २७ लाख रुपैयाँ हात पार्दा उप विजेता भएको विराटनगर टाइटन्सले १० लाख रुपैयाँमा चित्त बुझायो ।

Skip This
Logo