प्रचण्ड-नेपाल पक्षको दोस्रोचरणको आन्दोलन घोषणा, क्यालेण्डरमै छैन कार्यक्रम मिति !

प्रचण्ड-नेपाल पक्षको दोस्रोचरणको आन्दोलन घोषणा, क्यालेण्डरमै छैन कार्यक्रम मिति !


काठमाडौं ।

नेकपाको प्रचण्ड–माधव समूहले प्रतिनिधि सभा विघटनको विरोधमा आज दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सार्वजनिक तालिका अनुसार पौष ३० गते सबै वडाहरुमा देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने कार्यतालिका रहेको छ । तर यो पौष महिना २९ गतेसम्म मात्रै छ । नेपाली क्यालेण्डरमा नै नभएको मितिमा कार्यक्रम गर्ने तयारी प्रचण्ड नेपाल पक्षको छ । उनीहरुले क्यालेण्डर नै नहेरी कार्यक्रमको तालिका बनाउन हतारो गरेको देखिन्छ ।

आन्दोलनका कार्यक्रमहरु :
१. २०७७ पौष २० गते सम्म पालिका स्तरमा र २५ गते सम्म वडा स्तरमा पार्टी भेला, संघर्ष सम्बन्धी अभिमुखिकरण कार्यक्रम ।
२. २०७७ पौष २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति गठन ।
३. २०७७ पौष २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तर्क्रिया कार्यक्रम ।
४. २०७७ पौष २३ गते नागरिक समाजसँग व्यापक अन्तर्क्रिया कार्यक्रम ।
५. २०७७ पौष २४ गते सबै जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र । विरोधपत्रको साथमा संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।
६. २०७७ पौष २६ गते सडक संविधान वाचन–व्याख्या कार्यक्रम ।
७. २०७७ पौष २७ गते (सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १), २८ गते (प्रदेश २, गण्डकी र कर्णालीमा) र पौष २९ गते बागमतीमा बृहद कार्यकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रम ।
८. २०७७ पौष २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँगाउँ, टोलटोलमा कालोझण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदम विरुद्ध सबै वडाहरुमा व्यानर राख्ने कार्यक्रम ।
९. २०७७ पौष २९ गते निर्वाचन क्षेत्र स्तरीय कार्यकर्ता भेला ।
१०. २०७७ पौष ३० गते देशव्यापी सबै वडाहरुमा विरोध प्रदर्शन र सभा ।
११. २०७७ माघ ५ गते सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।
१२. २०७७ माघ १० गते राजधानी लगायत सबै शहरी केन्द्रहरुमा मोटरसाइकल ¥याली ।
१३. २०७७ माघ १६ गते पाँचवटा प्रदेश (प्रदेश नं. १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा) मा विरोध प्रदर्शन र सभा । माघ १७ गते प्रदेश नं. २ मा विरोध प्रदर्शन र सभा ।
१४. २०७७ माघ २२ गते वडा तहमा देशव्यापी मसाल जुलुस ।
१५. २०७७ माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा ।
१६. यस बीचमा उद्योग व्यवसायीहरुसँग अन्तर्क्रिया कार्यक्रम र लेखक–कलाकारहरु, सांस्कृतिककर्मीहरु र बुद्धिजीवीहरुको विशिष्ट प्रकारको कार्यक्रमहरु आयोजना गरिने ।
१७. यसबीचमा दोस्रो चरणको कार्यक्रमको शुरु देखि नै स्थानीय पार्टी र जनवर्गीय संगठनहरुले सिर्जनात्मकरुपले कार्यक्रमलाई निरन्तरता दिने ।

Skip This
Logo