५ महिना अगावै इक्यानको निर्वाचन हुने

५ महिना अगावै इक्यानको निर्वाचन हुने


शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचन ५ महिना अगावै हुने भएको छ । आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी पुष २६ गते हुने साधारण सभामै निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकमा इक्यानका केन्द्रीय  कार्यसमितिका साथै पूर्व अध्यक्ष, सल्लाहकार र आमन्त्रित अतिथिहरु समेत सहभागि थिए ।

इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेसहितको नेतृत्वले उच्च नैतिकता प्रदर्शन गर्दै कार्यकाल सम्पन्न हुनु अगावै निर्वाचनको मिति तय गरेको हो । अध्यक्ष पाण्डेले शैक्षिक परामर्श क्षेत्रलाई अझ प्रभावकारी बनाउनका लागि वर्तमान कार्यसमितिले नैतिकताका साथ नयाँ निर्वाचन घोषणा गरेको जानकारी दिए । वर्तमान कार्यसमितिको कार्यावधि आगामी बैशाख ८ गतेसम्मलाई थियो ।

बैठकले पूर्व अध्यक्ष सरोजकुमार बस्नेतलाई सल्लाहकार बनाउने निर्णय पनि गरेको छ । पहिले बाहिरिएका ४१ जना परामर्श व्यवसायीहरुको समुह पुन इक्यानमा फिर्ता आउने भएका छन् । शैक्षिक परामर्श व्यवसायलाई थप प्रभावकारी र मर्यादित बनाउन सबै व्यवसायी एकजुट भएकाे बताइन्छ ।

अध्यक्ष पाण्डेले विद्यार्थीहरुलाई सही परामर्श दिन र उनीहरुको हक अधिकारको प्रत्याभूति दिन संघ सदैव तत्पर रहेको बताए ।

Logo