विमलसहितका चार फुटबलरलाई राहत

विमलसहितका चार फुटबलरलाई राहत


काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा)को पुनरावलोकन समितिले कारबाहीमा परेका फुटबलको निलम्बन मितिबारे नयाँ निर्णय गरेको छ । यससँगै बिमल घर्ती मगरले ए डिभिजन लिग खोल्ने बाटो खुलेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले  राष्ट्रिय टोलीबाट निकालिएकै मितिबाट निलम्बनको गणना गर्ने निर्णय गरेको हाे ।  अनुशासन समितिले खेलाडीको अपिलपछि उनीहरुमाथिको कारवाही यथावत राख्दै निलम्बनको मिति भने कात्तिक ३० गतेबाट लागु हुने निर्णय गरिएको एन्फाले आफ्नो वेभसाइटमार्फत जनाएको छ ।

अनुशासन उल्लघंन गरेको भन्दै एन्फाले मंसिर २७ गतेबाट लागु हुने गरि विमल, अन्जन विष्ट, दीनेश राजवंशी र सन्तोष तामाङलाई निलम्बन गरको थियो । विमल र दीनेशलाई ९० दिन तथा अन्जन र सन्तोषलाई ४५ दिन निलम्बनसहित ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

मंसिर ३० गते चारै खेलाडीले गल्ति स्वीकार गर्दै कारवाही अवधि घटाइदिन अपिल कमिटि समक्ष निवेदन दिएका थिए । तर, एन्फाले कारवाही यथावत राख्दै घटना भएको भोली पल्ट अर्थात कात्तिक ३० गतेबाट निलम्बनको गणना गर्ने निर्णय गरेको छ ।

अब अन्जन र सन्तोषको निलम्बन भने पुस १५ बाट फुकुवा हुनेछ । विमल र दीनेशको हकमा भने माघको ३० गते उनीहरुमाथिको निलम्बन फुकुवा हुनेछ ।

Logo