काठमाडौंबाट १२० जना चिनियाँ नागरिक पक्राउ

काठमाडौंबाट १२० जना चिनियाँ नागरिक पक्राउ


काठमाडौं । काठमाडौंकाे विभिन्न स्थानबाट प्रहरीले १२० जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । केही चिनियाँ नागरिकहरु बैंक ह्याकिङ गर्ने योजनाका साथ सक्रिय रहेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहानदेखि काठमाडौंका विभिन्न ठाउँमा छापा हान्न शुरु गरेको थियो ।

प्रहरीले काठमाडौंको मनमैजु, बाँसबारी, ठमेललगायत क्षेत्रमा छापा हानी चिनियाँ नागरिकलाई पक्राउ गरिएको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिकहरु शंकास्पद गतिविधिमा संलग्न देखिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

 

 

Logo