रक्षा विधेयक रोक्न ट्रम्पले प्रयोग गरेको भिटो सदनले खारेज गर्‍यो

रक्षा विधेयक रोक्न ट्रम्पले प्रयोग गरेको भिटो सदनले खारेज गर्‍यो


रक्षा विधेयक रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भिटो अमेरिकी कंग्रेसले रद्द गरिदिएको छ । राष्ट्रपति ट्रम्पले सदनका दुवै सदनमा लामो छलफलपछि पारित भएको सुरक्षा खर्च सम्बन्धी विधेयक रोक्न भिटो प्रयोग गरेका गरेका थिए । तर सदनले सो भिटो रद्द गर्नका लागि आफ्नो शक्ति प्रयोग गरेको हो ।

शुक्रबार सदनले ट्रम्पको भिटो अवहेलना गर्ने सक्बन्धी पक्षमा मत दिएको हो । ट्रम्पको चार वर्षे शासनकालमा पहिलोपटक उनको भिटो संसदले रद्द गरेको हो । डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले यसअघि नै भिटो रद्द गर्ने पक्षमा मत दिएको थियो ।

पब्लिकनहरुको बहुमत रहेको माथिल्लो सदन सिनेटको नयाँ वर्षको दिन बसेको दुर्लभ सत्रले पनि भिटो खारेज गर्ने पक्षमा निर्णय गरेको हो । विधेयकमा अफगानिस्तान तथा युरोपमा रहेका अमेरिकी सैनिक कति संख्यामा फिर्ता बोलाउन सकिने भनि तोकिएको सीमा र सैनिक बेसबाट कन्फेडेरेड नेतृत्वको नाम हटाउने व्यवस्थामा ट्रम्पको विरोध थियो ।

रंगभेद विरोधी आन्दोलनको प्रभाव स्वरुप रंगभेदलाई साथ दिने सेनाका पूर्व नेताहरुको नाम सैनिक बेसबाट हटाउने व्यवस्था विधेयकमा छ । सो विधेयक सदनबाट अत्याधिक बहुमतले पारित भएको थियो । दुवै पार्टीको सहमतिमा ल्याइएको र अत्याधिक बहुमतले पारित भएकाले राष्ट्रपतिले भिटो प्रयोग गरेर रोक्न खोजे पनि त्यसलाई सदनले अस्वीकार गरेको हो ।

अमेरिकी कंग्रेसमा डेमोक्रेटिक पार्टीकी सबैभन्दा शक्तिशाली सदस्य एवम् सभामुख न्यान्सी पलोसीले ट्रम्पले ल्याएको भिटोबाट अमेरिकाको राष्ट्रिय सुरक्षा खतरामा परेको टिप्पणी गरेकी थिइन् । अमेरिकी राष्ट्रपतिको रुपमा ट्रम्पको कार्यकाल यही जनवरी २० मा समाप्त हुँदै छ । सोही दिन डेमोक्रेट पार्टीका नेता जो बाइडनले नयाँ अमेरिकी राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्नेछन् ।

Logo