आज वर्षकै छोटो दिन

आज वर्षकै छोटो दिन


काठमाडौँ ।

डिसेम्बर महिनाको २२ तारिख आज वर्षकै छोटो दिनको रुपमा चिनिन्छ । आज सबैभन्दा छोटो समय घाम लाग्ने र रात भने लामो हुने गर्छ ।

भोलिदेखि क्रमशः दिन लामो र रात छोटो हुँदै जान्छ । ज्योतिषशास्त्र अनुसार सबै ग्रहले आ–आफ्नै समय अनुसारले सौर्य मण्डलको परिक्रमा गरिरहेका हुन्छन् । यसैलाई आधार मानेर चलनचल्तीका दिन र गतेहरु गनिन्छ ।

आइतबार बिहान ६ बजेर ५१ मिनेटमा सूर्योदय भएको थियो भने साँझ ५ बजेर १४ मिनेटमा घाम अस्ताउने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो भने दक्षिणी खण्डमा आज वर्षको सबैभन्दा लामो दिन र रात छोटो हुने गर्छ । हरेक वर्ष डिसेम्बर २१, २२ र २३ मा दिन छोटो र रात लामो हुने गर्छ भने जुन २१, २२ र २३ मा दिन लामो र रात छोटो हुन्छ ।

Logo