बन्द प्रशिक्षणबाट विमलसहित १४ खेलाडी बाहिरिए

बन्द प्रशिक्षणबाट विमलसहित १४ खेलाडी बाहिरिए


तीन सातासम्म चलेको बन्द प्रशिक्षणपछि नेपाली राष्ट्रिय फुटबल टोलीबाट स्टाइकर विमल घर्तीमगरसहित १४ खेलाडी प्रारम्भिक चरणबाट बाहिरिएका छन् ।

शुक्रबार एन्फाले दोस्रो चरणमा ४४ खेलाडी छनोट भएको जनाएको छ । झन्डै ३ साता चलेको प्रशिक्षणबाट फरवार्ड विमल घर्ती मगर भने पहिलो सातामै घाइते भएका थिए । उनको चोट निकै गम्भीर रहेको र शल्यक्रियाका लागि कतार जाने प्रक्रिया अघि सारिएको छ । टोलीबाट बाहिरिने अन्य खेलाडीमा अधिकांश खेलाडी पहिलो पटक बन्द प्रशिक्षणमा परेका थिए ।

गोलरक्षक देव लिम्बु, डिफेन्डर रन्दीप पौडेल र अमित तामाङले दोस्रो चरणमा स्थान बनाउन सकेनन् । यसैगरी मडफिल्डरबाट जय गुरुङ, नितिन थापा र रजत तिवारी बाहिरिएका छन् । पाँचजना स्ट्राइकर पनि पहिलो चरणबाट बाहिरिएको एन्फाले जनाएको छ । दीपेश आलेमगर, राजेश परियार, प्रेजेन तामाङ, रेजिन सुब्बा र राजीव लोप्चन दोस्रो चरणमा रहेका छैनन् ।

विक्रम राना र विमल राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन् । लामाको उपचार एन्फाले कतारमा गर्ने निर्णयसमेत गरिसकेको छ । प्रशिक्षणको क्रममा घाइते बनेका सुमन अर्याल फिट भए फेरि प्रशिक्षणमा फर्कन सक्नेछन् । डिफेन्डर सुमन अर्याल घाइते भएकाले हाललाई टोलीबाट बाहिर राखिएको छ । सुमन फिट भए टोलीमा फर्कन सक्छन् । नेपालले सन् २०२१ को मार्चदेखि घरेलु मैदानमा ३ खेल खेल्नेछ ।

महर्जनको नेतृत्वमा टोलीले विश्वकप छनोटका लागि तयारी गरिरहेको छ । नेपालले सन् २०२१ को मार्चदेखि घरेलु मैदानमा ३ खेल खेल्न बाँकी छ । घरेलु मैदानमा नेपालले चाइनिज ताइपेई र अस्ट्रेलियासँग मार्चमा खेल्नेछ भने जोर्डनसँग जुनमा खेल्नेछ ।

Logo