सेना र प्रहरीले महावीर पुनको आविष्कार केन्द्रसँग सहकार्य गर्ने

सेना र प्रहरीले महावीर पुनको आविष्कार केन्द्रसँग सहकार्य गर्ने


काठमाडौं ।

वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनकाे आविष्कार केन्द्रसँग नेपाल प्रहरी र नेपाली सेनाले सहकार्य गर्ने भएका छन्। बुधबार आविष्कार केन्द्रमै पुगेर दुवै सुरक्षा निकायका अधिकारीहरुले सहकार्यको संभावनाको विषयमा छलफल थालेका हुन् ।

डीआईजी राजिव सुब्बाको नेतृत्वमा नेपाल प्रहरीको सात सदस्यीय प्राविधिक टिम तथा अनुसन्धान तथा विकास निर्देशनालयबाट ब्रिगेडियर जनरल दीपक घलेको नेतृत्वमा तीन जनाको टिम छुट्टा छुट्टै रुपमा राष्ट्रिय आविष्कार केन्द्रमा पुगेको थियो।

महावीर पुनका अनुसार प्रहरीले आविष्कार केन्द्रसँग प्रविधिको क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावनाको विषयमा छलफल भएको थियो।

त्यसैगरी सेनाले शैन्य क्षेत्रमा उपयोगि हुने किसिमको प्रविधि विकासमा आविष्कार केन्द्रसँग सहकार्य गर्न सकिने जानकारी गराएको पुनले उल्लेख गरेका छन् ।

यसअघि उनले आफूसँग आविष्कार केन्द्रका लागि आवश्यक ऋण माग्दा बैंक तथा वित्तीय संस्थाहरुले नपत्याएको भन्दै सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक रुपमै अपिल गरेका थिए ।

र यो पनि

वित्तीय संस्थाहरूले नपत्याएपछि फेसबुकबाट ऋण खोज्दै महावीर पुन

 

Skip This
Logo