सडक दुर्घटना न्यूनिकरण सम्बन्धी अन्तक्रिया सम्पन्न

सडक दुर्घटना न्यूनिकरण सम्बन्धी अन्तक्रिया सम्पन्न


काठमाडौ‌ं ।  सडक विभागका महानिर्देशक केशव शर्माले अधिकांश सडक दुर्घटनाहरु मानविय कारणले हुने गरेको बताएका छन् ।

रिपोर्टस क्लबमा भएको साक्षत्कारमा महानिर्देशक शर्माले विश्वव्यापी अध्ययनले पनि सडक दुर्घटनाको पहिलो कारण मानविय त्रृटी नै भएको देखाएको बताए। सवारी चालक, यात्रु वा पैदल यात्रीका कारणले दुर्घटनाहरु हुने गरेको उहाँको भनाई छ । त्यसैगरि सडकको अवस्था, सडक सुहाउँदो सवारी नहुनु र सवारीको यान्त्रिक कारणले पनि दुर्घटनाहरु हुने गरेको उहाँले बताए । पछिल्लो समय सडक विभागले विभिन्न राजमार्गहरुमा सडक सुरक्षालाई ध्यानमा राख्दै सडक सुधारका विभिन्न योजनाहरु लागुु गरेको बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सडक दुर्घटना न्यूनिकरणमा सम्बन्धित निकायको ध्यान जान नसकेको बताएका हुन् । सडक बनाउँदा ईञ्जिनियरहरुको अध्ययन बिनानै निर्माण भएका सडकका कारण पनि दुर्घटना बढेको उनले बताए। यातायात सुधारको क्षेत्रमा सरकारको लगानी नै नभएको भन्दै उनले चालक उत्पादनका लागि राज्यले लगानी गर्नुपर्ने माग गरे। सवारी जाँच गर्न एउमा मात्रै फिटनेस सेन्टर भएपनि त्यो पनि काम नलाग्ने अवस्थामा रहेको उनले बताए । महासचिव सिटौलाले उपत्यकामा मालबाहक सावरी पार्किङको व्यवस्था गर्न पनि माग गरे ।

महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले उपत्यकामा दैनिक हुने र्‍यालीहरूका कारण ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको बताए । दैनिक १३ लाखको हाराहारीमा सवारी सञ्चालन हुने उपत्यकामा जम्मा १३ सय ६८ ट्राफिक अधिकृत र जवान कार्यरत रहेको उनले बताए । एउटा ट्राफिक प्रहरीले ९ सय सवारी हेर्नुपर्ने अवस्था रहेको उनको भनाई छ ।

पछिल्लो समय भएका सडक दुर्घटनाहरुप्रति दुःख व्यक्त गर्दै साक्षत्कारमा सहभागि वक्ताहरुले सडक दुर्घटना सम्बन्धि अध्ययन गर्न समिति गठन गरी समाधानका उपाय पत्ता लगाउनुपर्नेमा जोड दिए ।

Logo