खस्यौली । प्रदेश नम्बर ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशको राजधानी र नामकरणको विषय राजनीतिक विषय भएको बताएका छन् । बुटवलमा आज आयोजित साक्षात्कारमा उनले प्रदेशको राजधानी र नामकरण सकेसम्म सर्वसम्मत बनाउने प्रयास भएको जानकारी दिए ।
मन्त्री चौधरीले भने, “राजधानी बुटवल हुने वा दाङ भन्ने प्रमुख कुरा हो तर बुटवललाई आधार मानेर राजधानी घोषणा हुन सक्छ । ” प्रदेशसभाका सदस्य सहसराम यादवले विशेष समितिले प्रदेशको राजधानी र नामकरणको विषयमा सिफारिस गरेको र अन्तिम टुङ्गो प्रदेशसभाले लगाउने बताए । रासस
प्रतिक्रिया