कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालनमा

कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालनमा


काठमाडौं ।

मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं.७ स्थित कोशी अस्पतालमा प्रभु बैंक लिले सोमबारदेखि आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कोशी अस्पताल परिसरमा सोमबार कोशी अस्पतालका प्रमुख सुपरिटेन्डेन्ट डा.गुणराज लोहनीले एक समारोहवीच प्रभु बैंक लि. कोशी अस्पताल एक्स्टेन्सन काउण्टरको समुद्घाटन गर्नुभएको थियो ।

कोशी अस्पतालमा सञ्चालित प्रभु बैंक लिको एक्स्टेन्सन काउण्टरबाट सार्वजनिक विदाको दिन बाहेक विहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमा आउने सम्पूर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ । उपचारको सिलसिलामा कोशी अस्पतालमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने छन् ।

एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Logo