प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य


काठमाडौं । प्राईम कमर्सियल बैंक लिमिटेडले डिजिटल भुक्तानी सेवामा सहजताका लागि सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका उप(महाप्रबन्धक भाई राजा तुलाधार र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।
प्राईम कमर्सियल बैंकका ग्राहकहरूले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै रु. १०० को मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपे मार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोईन्ट पनि पाउने छन् ।
सेलपे नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । अब ग्राहकहरुले सेलपेबाट प्राईम कमर्सियल बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् । सन् २००७ मा स्थापना भएको प्राईम कम्मेर्सिअल बैंकले ९९ शाखाहरु र ५४ एटीएमहरु मार्फत ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ ।

 

Logo