ए डिभिजन लिगमा आर्मीकाे विजयी सुरुआत

ए डिभिजन लिगमा आर्मीकाे विजयी सुरुआत


काठमाडौं – त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । आज भएको खेलमा आर्मीले फ्रेण्ड्स क्लबलाई २-१ गोल अन्तरले हरायो ।

सातदोबाटोको एन्फा मैदानमा भएको खेलमा आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एक/एक गोल गरे ।  नवयुग श्रेष्ठले गोलबाट खेलको पहिलो मिनेटमा नै आर्मीले अग्रता लिएकाे हाे ।

खेलको सुरुआतमा केही तालमेल मिलाउन नसकेको फ्रेण्ड्स पहिलो हाफमा एक गोलले पछि पर्‍याे । तर दोस्रो हाफको सुरुआतमा नै फ्रेण्ड्सले खेल बराबरी गर्न सफल भयो ।

खेल एक एक गोलको बराबरीमा चलिरहेका बेला आर्मीले ८१ औं मिनेटमा फेरि अग्रता बनायो । भरत खवासको कर्नरको पासमा दिनेश हेम्जनले गोल गरे । जितसँगै आर्मीले ३ अंक जोड्यो ।

 

Logo