आज प्रदेश १ र सुदुरपश्चिम प्रदेश का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । "/>

मौसम : चिसो अझै बढ्न सक्ने

मौसम : चिसो अझै बढ्न सक्ने


काठमाडौं :  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य हिउँदको अवधि अझै बाँकी रहेकाले चिसो अझै बढ्न सक्ने जनाएकाे छ ।

आज प्रदेश १ र सुदुरपश्चिम प्रदेश का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भाग साथै सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

बिहीबार जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५, दिपायलको ०.४, वीरेन्द्रनगरको १.९ डिग्री मापन भएको छ। मौसमविद् अंग्रेजी महिनाका डिसेम्बर, जनवरी र फेब्रअरीलाई मध्य हिउँदे अवधिका रूपमा बुझ्ने गर्छन्। भू–मध्य सागरको वायु अफगानिस्तान, पाकिस्तान, भारतको जम्मु कस्मिर हुँदै मुलुकको सुदूरपश्चिमी भेगबाट प्रवेश गर्छ।

केही दिनयता तराईका भू–भागमा बाक्लो हुस्सुले जनजीवन प्रभावित भइरहेका बेला मौसमविद्हरू भने अझै शीतलहर सुरु नभएको बताउँछन्।

Logo