भ्रमण वर्षमा नरेन्द्र मोदीले पशुपतिनाथको दर्शन गर्ने पर्यटन मन्त्रीकाे अपेक्षा

भ्रमण वर्षमा नरेन्द्र मोदीले पशुपतिनाथको दर्शन गर्ने पर्यटन मन्त्रीकाे अपेक्षा


काठमाडौ‍ं, २०७६ मंसिर २३  । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपालको भ्रमण वर्षमा भारतीय प्रधानमन्त्रीको भ्रमण हुने अपेक्षा रहेको बताएका छन् ।

गीता ज्ञान–प्रचार सेवा समितिले काठमाडौंको पाशुपति क्षेत्रमा आयोजना गरेको गीता जयन्ती महोत्सवलाई सम्बोधन गर्दै भ्रमण वर्ष २०२० मा नेपालको पशुपतिनाथको दर्शन गर्न आउने अपेक्षा गरे । उनले भारत र नेपालको संस्कृति तथा सम्पदाहरू मिल्ने भएकाले पनि भ्रमण वर्षका बेला धार्मिक गुरुहरु तथा राजनीतिक नेताहरूको भ्रमण हुने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मन्जीवसिंह पुरीले भारत र नेपालबीच जोडिएको सभ्यताको एक केन्द्रविन्दु पशुपतिनाथ रहेको बताए। उनले धार्मिक सम्बन्ध भएकै कारण धेरै भारतीय नागरिकहरू नेपाल आउने गरेको बताए ।

‘घर–घर श्रीमदभागवद्गीता–हाम्रो अभियान’ भन्ने मूल भावसहित आइतबार गीता जयन्ती मनाइएको हो । भारतले भागवत गीता र योगलाई विश्वभरी फैलाउन सद्भावना दुतहरु बनाएर पठाउने गरेको छ ।

Skip This
Logo