चाइल्ड भर्सनमा पनि ‘फूल बुट्टे सारी’ (भिडियाे)

चाइल्ड भर्सनमा पनि ‘फूल बुट्टे सारी’ (भिडियाे)


काठमाडौं – दर्शक स्राेतामाझ निकै नै रुचाइएकाे गीत ‘फूल बुट्टे सारी’काे नयाँ भर्सन सार्वजनिक गरिएकाे छ । काठमाडौंको राइजिङ मलस्थित क्युज सिनेमा हलमा बुधबार आयोजित विशेष समारोहमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र गीतकार राजुबाबु श्रेष्ठलगायतकाे उपस्थितिमा गीत सार्वजनिक गरिएकाे हाे ।

‘मेल’ तथा ‘फिमेल’ भर्जनकाे सफलतासँगै गीतका संगीतकार राजनराज शिवाकाेटीले चाइल्ड भर्जन पनि बजारमा ल्याएकाे जानकारी गराए । गीतमा अरिष्मा सिवाकोटीको स्वर तथा अरिष्मकै अभिनय  रहेको छ ।

फूल बुट्टे सारी बाेलकाे गीत एक दशक अघिनै बजारमा आएपनि नयाँ पुस्तामाझ चर्चामा रहेकाे छ । गीतमा पुरुषमा मार्मिक लामा र महिलामा मिलन नेवारको स्वर सुन्न सकिन्छ ।

भिडियाे

Logo