काँग्रेसद्वारा कोहलपुर घटनाप्रति ध्यानाकर्षण

काँग्रेसद्वारा कोहलपुर घटनाप्रति ध्यानाकर्षण


काठमाडौं, २०७६ मंसिर २३ ।

नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आइतबार ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यसपश्चात उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेसले आइतबार विज्ञप्तिमार्फत प्रहरी नायब निरीक्षकको नेतृत्वमा गएको सुरक्षाकर्मीको टोलीले सावधानी अपनाउन नसक्दा घटनाले गम्भीर रुप लिई सर्वसाधारण नागरिकलगायत सुरक्षाकर्मीसहित दर्जनौँ घाइते हुने अवस्था बन्नु अत्यन्त दुःखद् भएको जनाएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उत्पन्न परिस्थितिलाई संयमित भई समाधान गर्न, घाइतेहरुको सम्पूर्ण उपचारको व्यवस्था गर्न तथा घटनाका दोषीलाई तत्काल कारवाहीको प्रक्रिया थाल्न सरकारसँग माग गरिएको छ । काँग्रेसले सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Logo