‘मिस वर्ल्ड’मा भियतनामलाई पछ्याउँदै अनुष्का, यसरी गर्नुहोस् भोट

‘मिस वर्ल्ड’मा भियतनामलाई पछ्याउँदै अनुष्का, यसरी गर्नुहोस् भोट


काठमाडौँ, मंसिर २२ । डिसेम्बर १४ मा हुने ‘मिस वर्ल्ड’ मा मिस नेपाल अनुष्का श्रेष्ठले प्रतिस्पर्धा गरिरहेकी छन् । हाल लण्डनमा रहेकी अनुष्काले विश्वका १ सय २४ सुन्दरीसँग प्रतिस्पर्धा गरिरहेकी हुन् ।

प्रतिस्पर्धामा अहिले ‘मिस वर्ल्ड’ को लागि भोटिङ चलिरहेको छ । भोटिङको दोस्रो स्थानमा रहेकी अनु्ष्काले १२.०२ प्रतिशत भोट पाएकी छन् । अहिलेसम्मको अवस्था हेर्दा उनी दोस्रो स्थानमा छिन् । पहिलो स्थानमा भने भियतनामकी सुन्दरी लोअङ थुयलिंह रहेकी छिन् । उनको भोट १३.८७ प्रतिशत रहेको छ । अनुष्कालाई युक्रेनका प्रतिस्पर्धी माह्र्याता पासाले पछ्याइरहेकी छिन् । उनको भोट ११.५५ प्रतिशत रहेको छ । त्यस्तै चौथोस्थानमा रहेकी बङ्गलादेशी सुन्दरी रफह तेर्साको भोट १०.९९ प्रतिशत छ । इथियोपियाकी सुन्दरी फेभेन आर्याको पनि शून्य प्रतिशत भोट छ ।

भोटिङमा पहिलो स्थानमा रहने सुन्दरी मल्टिमिडिया अवार्ड जित्दै उत्कृष्ट २० मा पुग्नेछिन् । त्यसका लागि अनुष्कालाई अझै भोटको खाँचो छ ।

भोट गर्ने ४ तरिका

१. मिस वर्ल्ड नेपालको अफिसियल फेसबुक पेजमा अनुष्काले पोस्ट गरेका सामग्रीहरूलाई लाईक, कमेन्ट र शेयर गर्नुहोस् ।

२. अनुष्का श्रेष्ठको इन्स्टाग्राम अकाउन्टलाई फलो गरेर त्यहाँ अनुष्काले पोस्ट गरेका सामग्रीहरूलाई लाईक, कमेन्ट, र शेयर गर्नुहोस् ।

३.मोबस्टार एप डाउनलोड गर्नुहोस् । आफ्नो फेसबुक अथवा ईमेल अकाउन्टबाट साइन इन गर्नुहोस् । अनुष्का श्रेष्ठको प्रोफाइल खोज्नुहोस् र त्यहाँ अनुष्काले पोस्ट गरेका सामग्रीहरूलाई लाईक, कमेन्ट गर्नुहोस् ।

४. मिस वल्र्डको वेबसाइटभित्र गएर नेपाल खोज्नुहोस् । त्यहाँ अनुष्का श्रेष्ठ देख्नु हुनेछ । त्यस पेजभित्र जानुहोस् र पेजको अन्त्यमा भएको भोट अप्सनमा क्लिक गरेर भोट गर्नुहोस् ।

माथिका तीन तरिकाबाट जति पनि भोट गर्न सक्नुहुन्छ । तपाईले गर्नुभएको हरेक लाईक, कमेन्ट र शेयर भोटको रूपमा गणना गरिन्छ । तर मिस वल्र्डको वेबसाईटमा भने एक जनाको अकाउन्टबाट एउटा मात्र भोट गर्न सकिन्छ ।

 

Skip This
Logo