बुर्किना फासोमा सेनाको हवाइ हमला, २८ मारिए

बुर्किना फासोमा सेनाको हवाइ हमला, २८ मारिए


बुर्किना, २०७६ मंसिर २२ ।

बुर्किना फासोमा सेनाको कारवाहीमा परी २८ सशस्त्र लडाकुको मृत्यु भएको बताइएको छ । सुरक्षा अधिकारीका अनुसार देशको उत्तरी क्षेत्रमा सेनाले हवाइ आक्रमण गरेको हो ।

आतंकवादीहरुको आश्रयस्थललाई लक्षित गर्दै कारवाही गरेको जनाइएको छ । यस क्रममा सशस्त्र लडाकुका बन्दोबस्तीका सामग्री र आश्रयस्थल नष्ट गरिएको सुरक्षा निकायले जनाएको छ । बुर्किना फासोमा २०१५ यता सशस्त्र लडाकु समूह सक्रिय बन्दै आएका छन् ।
एजेन्सी

Skip This
Logo