आज कोटेश्वर-कलंकी सडकको मुख्य लेनमा सवारी चलाउन नपाइने

आज कोटेश्वर-कलंकी सडकको मुख्य लेनमा सवारी चलाउन नपाइने


काठमाडौं ।

शुक्रबार र शनिबार चक्रपथको कलंकीदेखि कोटेश्वरसम्मको मुख्य लेनमा सवारीसाधन नचलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

यी दुई दिन सो सडक खण्डमा साग अन्तर्गत साइक्लिङ प्रतियोगिता हुँदै छ। त्यसका लागि नै मुख्य लेनमा सवारी चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए ।

विहान ११ बजेदेखि ३ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको हो। तर प्रतियोगिता हुने करिव ४५ मिनेटदेखि एक घण्टासम्मको समयमा भने पूर्ण रुपमा बन्द हुने र भित्री ट्याक बन्द भए पनि बाहिरी ट्याकमा भने सवारी चलाउन सकिने बताइएको छ ।

मुख्य लेनमा केहि घण्टा सवारीसाधन चलाउन रोक लगाउँदा बाहिरी लेनमा भने सवारी चाप बढ्न जाने देखिन्छ । ट्राफिक प्रहरीले आज त्यस रुटमा चल्ने सवारीलाई सकेसम्म वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ । दायाँ बायाँको सर्भिस लेनमा अनुमति दिइएकाले सवारी आवागमनमा त्यस्तो धेरै समस्या भने नहुने पनि प्रहरीले जनाएको छ।

सवारी साधन नचलेपछि सुनसान बनेको सडक :-

Logo