१३ औं साग : आज उसुमा नेपाललाई २ स्वर्ण पदक

१३ औं साग : आज उसुमा नेपाललाई २ स्वर्ण पदक


काठमाडौं,

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज भएको उसुमा नेपालाई दुई स्वर्ण पदक प्राप्त भएको छ । आज बिहान भएको ललितपुरको लगनखेलमा भएको प्रतियोगितामा उसुको पुरुष थाउलोतर्फ विजय सिञ्चालीले स्वर्ण जितेका हुन् भने महिला थाउलोतर्फ सुस्मिता तामाङले स्वर्ण जितेकी हुन् ।

विजयले बंगलादेशी र सुस्मिताले श्रीलंकन प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण हात पारेका छन् । १३ औं सागको उसुमा सुरुकै खेलमा नेपालले स्वर्ण जितेको हो । यस अघि सोमबार भएको खेलमा नेपालले एकैदिन १५ स्वर्ण पदक जितेको थियो ।

Logo