२६ लाख भारतीय रुपैयाँसहित ३ जना पक्राउ

२६ लाख भारतीय रुपैयाँसहित ३ जना पक्राउ


धनगढी,

कैलाली प्रहरीले २६ लाख भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । भारतीय रुपैयाँसहित पक्राउ परेका उनीहरुलाई आइतबार सरकारी वकील कार्यालय धनगढीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा कैलाली भजनी नगरपालिका ८ का एकेन्द्र भण्डारी, बर्दगोरिया गाउँपालिका ४ की शर्मिला खड्का र बसन्ती पोखरेल जैशी रहेको कैलाली प्रबक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए ।

प्रहरीका अनुसार उनीहरुले उक्त रकम गत कात्तिकमा भारतको बैङ्लोरबाट चोरी गरेर ल्याएका थिए । उनीहरुसहित कैलालीका रोशन सुनार र एक जना भारतीय नागरिकले करिब दुई करोड भारतीय रुपैयाँ चोरेको र भारतीय प्रहरीले चारीमा संग्लन सुनार र भारतीय नागरिकलाई नियन्त्रणमा लिइसकेको छ ।

पैसा लिएर नेपाल आएका उल्लेखित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक हितविरुद्धको कसुरमा मुद्दा चलाई तीनै जनालाई राजस्व अनुसन्धान विभाग कोहलपुरको जिम्मा लगाइने डीएसपी बस्नेतले बताए ।
राजधानीबाट

Logo