उपनिर्वाचन ०७६ : डोटी र प्यूठानमा नेकपा विजयी

उपनिर्वाचन ०७६ : डोटी र प्यूठानमा नेकपा विजयी


डोटी,

जिल्लाको आदर्श गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन् । उनले कूल ६८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महादेव साउदले ६५६ मत प्राप्त गरे ।

त्यस्तै राप्रपाका उम्मेदवार काशीराम ओझाले १५ तथा स्वतन्त्र उम्मेदवार भूमिसिंह खडकाले १९१ मत प्राप्त गरेका छन् । कूल एक हजार ५९० मत खसेकामा ६० मत बदर भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त वडामा यसअघि पनि नेकपाले नै जितेको थियो । तत्कालीन वडाअध्यक्ष प्रेम बोहराको जीप दुघटनामा परी मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

प्यूठान,

प्यूठान नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपाका मूक्ती पोखरेल विजयी भएका छन् । शनिबार राति सम्पन्न मतगणना अनुसार निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहनसिँह विष्टलाई २८४ मतान्तरले पछि पार्दै पोखरेलले जितेका हुन् ।

पोखरेलले ११२७ र विष्टले ८४३ मत पाएका छन् । २५ मत बदर भएको छ। वडामा ३०२१ मतदातामध्ये १९९५ जनाले मतदान गरेका थिए।

Logo