ललितपुरका मेयरले गरे साइकल लेनको उद्घाटन

ललितपुरका मेयरले गरे साइकल लेनको उद्घाटन


ललितपुर,

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साइकल लेन को शुभारम्भ गरेका छन् । महर्जनले आज आयोजित एक कार्यक्रमबीच आफ्नो ३५ वर्ष पुरानो साइकलमा सयर गर्दै साइकल लेनको शुभारम्भ गरेका हुन्।

साइकलमा सयर गर्दै उनले पहिला पहिला साइकलबाटै सहर घुमेका स्मृति पनि सुनाए । महानगरले आगामी वर्ष साइकल ऐन ल्याउने मर्हजनले जानकारी पनि दिए ।

ललितपुर महानगरपालिकाले साइकल यात्रीको लागि सडकमा छुट्टै साइकल लेन बनाई सञ्चालनमा ल्याएको हो।

कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेलहुँदै मंगलबजारसम्म र कुपोन्डोल, पुल्चोकबाट सिधा मंगलबजार पुग्न सकिने गरी साइकल लेन व्यवस्था गरेको महानगरले बताएको छ । संचालनमा ल्याइएको साइकल लेन १.५ मिटर चौडाइको रहेको छ।

Skip This
Logo