मलङ्गवा अस्पतालमा आगलागी ,सात लाख रुपैयाँको क्षति

मलङ्गवा अस्पतालमा आगलागी ,सात लाख रुपैयाँको क्षति


सर्लाही,

मलङ्गवा अस्पतालमा शुक्रबार दिउँसो आगलागी हुँदा करिब सात लाख बराबरको क्षति भएको छ । विद्युत सर्ट भएर अस्पतालको माथिल्लो तल्लामा आगलागी हुँदा कम्प्युटर, ल्यापटप, फ्रिज लगायतका विद्युतीय उपकरण तथा औषधिसमेत जलेको प्रहरीले जनाएको छ ।

आगलागीबाट अस्पतालमा करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो । प्रहरी, स्थानीय बासिन्दा, व्यापारी र अस्पतालका कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा लिइएको स्थानीय मलङ्गवा अस्पतालका प्रमुख सञ्जीवकुमार सिंहले जानकारी दिनुभयो । मलङ्गवा नगरपालिकामा रहेको वारुणयन्त्र बिग्रेर वीरगञ्ज बनाउन लगेका कारण आगो निभाउन कठिनाइ भएको स्थानीय सञ्जय चौकरीले जानकारी दिनुभयो ।

Logo