प्रधानमन्त्रीलाई एपेन्डीसाइटिस भएपछि शिक्षण अस्पतालमा उपचार हुँदै

प्रधानमन्त्रीलाई एपेन्डीसाइटिस भएपछि शिक्षण अस्पतालमा उपचार हुँदै


काठमाडौं,

लामो समयदेखि मृर्गौलाको डायलाइसिस गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ । पेट दुख्ने समस्यापछि आज बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएका उहाँलाई एपेन्डीसाइटिसको लक्षण देखिएको अस्पताल जनाएको छ ।

उपचारमा संलग्न चिकित्सक अरुण सायमिका अनुसार प्रधानमन्त्रीलाई एपेन्डीसाइिटसको आशंकामा शल्यक्रियाको तयारी हुँदैछ । उहाँको उपचारमा रमेशसिंह भण्डारी लगायतका चिकित्सक संलग्न छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रधानमन्त्रीको अप्रेशनको तयारी भइरहेको बताए ।

गएको साउनदेखि नै मिर्गौला सम्बन्धी समस्याले प्रधानमन्त्री ओली पटक पटक अस्पताल जाने गरेका थिए । पछिल्लो पटक उनको गत आइतबार ग्रान्डी अस्पतालमा चौथोपटक हेमोडायलसिस गरिएको थियो।

Skip This
Logo