सागमा सहभागी हुने खेलाडीको दुर्घटना वीमा

सागमा सहभागी हुने खेलाडीको दुर्घटना वीमा


काठमाडौं,

राष्ट्रिय खेलकुद परिषदले नेपालमा मंसिर १५ गतेबाट हुने दक्षिण एसियाली खेलकुदमा नेपाल आउने विदेशी खेलाडी र पदाधिकारीका लागि दुर्घटना विमा गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा एक कार्यक्रमको आयोजना गरी सचिवालय तथा १३ औं साग आयोजक समितिले सोमबार बीमा कम्पनि आइएमई जनरल इन्सयोरेन्स लिमिटेडसँग सम्झौता गरेको हो । सम्झौतामा राखेपका सदस्यसचिव रमेश कुमार सिलवाल र आईएमईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

आसन्न सागलाई लक्षित गरेर राखेपले आइएमईसँग प्रतिब्यक्ति पाँच लाखको बीमा गरेको हो । सम्झौतासँगै सागको बीमा प्रायोजक आईएमई रहनेछ । साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुनेछ । सागमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, बंगलादेश र भुटानको सहभागिता रहेको छ । सागका लागि विदेशबाट खेलाडी र पदाधिकारी गरी कुल ३ हजार २ सय नेपाल आउँदैछन् । खेलाडी र पदाधिकारीको इन्सोरेन्स खेल अवधिका लागि मात्र मान्य हुनेछ ।

Logo