गैरनेपालीलाई नेपाली नागरिकता

गैरनेपालीलाई नेपाली नागरिकता


पर्सा,

नागरिकता दिने व्यक्ति को हो ? आम मानिसले सहजै उत्तर दिन्छन् ? प्रमुख जिल्ला अधिकारी वा उसले तोकेको अधिकारी । नागरिकता दिने अधिकार प्राप्त व्यक्तिले नै गैरनेपाली नागरिकलाई नागरिकता दिन्छ भन्ने पत्याउन भने मुस्किल नै हुन्छ । अधिकार प्राप्त व्यक्तिले गैरनेपाली नागरिकलाई कानून अनुसार नागरिकता दिनै नसक्ने भएपनि यस्तै घटना भएको छ पर्सा जिल्लामा ।

नागरिकताको प्रमाणपत्रमा हस्ताक्षर गर्ने अधिकार प्राप्त व्यक्तिले नै गैरनेपाली नागरिकलाई नागरिकता दिएको पाइएको छ । आयोगले गैरनेपालीलाई नागरिकता दिइएको अभियोगमा जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वीरगन्ज उपमहानगरपालिकाको बसाइँसराइको सरकारी कागजातमा घरमूलीको विवरण सच्याएको, सिफारिस दिने स्थानीय निकायको सिफारिसमा केरमेट गरी झुठो विवरणका आधारमा वीरगञ्ज महानगरपालिका–२ बस्ने अजहर हुसेन र आरिफ हुसेनको नाममा वंशजका आधारमा नेपाली नागरिकता दिइएको पाइएको छ ।

सो घटनामा वीरगञ्ज महानगरपालिका–२ का वडाध्यक्ष शेष अब्बास, जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा चन्द्रदेव ठाकुर, प्रशासकीय अधिकृत सदनकुमार कर्ण र तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको संलग्नता देखिएको आयोगका प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

Logo