नेपालमा आज ७०८ जना कोरोना संक्रमित थपिए

नेपालमा आज ७०८ जना कोरोना संक्रमित थपिए


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ जना पुगेको छ । आज ७०८ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८४० पुगेको छ । आज मात्र ८ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ । आज निको हुनेको संख्या ७३१ रहेको छ ।

आजको पिसिआर परीक्षण ६ हजार १३५ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १९ लाख २१ हजार ३६७ रहेको छ । आज ६ हजार ३९६ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

काठमाडौं उपत्यकामा आज ३९८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ३२४, भक्तपुरमा २२ र ललितपुरमा ५२ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ९६ हजार ५०१ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ८२५ जना कोरोना संक्रमित छन् । ललितपुरमा १५ हजार १६९ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख २१ हजार १४४ पुगेको छ ।

Skip This
Logo