भारतीय प्रख्यात गायिका लता मंगेशकर आईसीयूमा

भारतीय प्रख्यात गायिका लता मंगेशकर आईसीयूमा


मुम्बई,
भारतीय प्रख्यात गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था अझै गम्भीर छ । उनको निधनको हल्ला यसअघि चले पनि उनी अझै आईसीयूमै भएको उनका परिवारले बताएका छन् ।

छातीको इन्फेक्सनको उपचार गराएर घर फर्किएकी उनी चार दिन अघि अस्पताल भर्ना भएकी हुन् । उनको स्वास्थ्य अवस्था बिग्रिएकाले आईसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

गायिका मंगेशकरलाई मुम्बईको ब्रिच कैन्डी अस्पतालमा राखिएको छ । उनको स्वास्थ्य लाभको कामना शुभ चिन्तकहरूले देश विदेशबाट गरिरहेका छन् । उनको स्वास्थ्य अवस्था बुझ्न दैनिक कैयौं भारतीय कलाकार तथा शुभचिन्तकहरू अस्पताल पुग्ने गरेका छन् ।

अस्पताल पुगेका निर्देशक मधुर भण्डारकरले लतालाई चाँडै ठीक पार्न आफूहरू लागिपरेको सम्बन्धित चिकित्सकहरूले बताएको जनाएका छन् ।
एजेन्सी

Logo