इन्धन चोरीको छानबिन शुरु

इन्धन चोरीको छानबिन शुरु


विराटनगर,

नेपाल आयल निगम १ नं प्रादेशिक कार्यालयका लागि आइरहेको डिजेल बाटोबाटै चोरी भएपछि सो विषयमा छानबिन शुरु गरिएको छ ।

नेपाल आयल निगमको अमलेखगञ्जबाट गत आइतबार विराटनगर निगमका लागि ५१ वटा ट्याङ्करमा डिजेल लोड गरी आइरहेको मध्येबाट ना.४ ख ४१६३ नं.को ट्याङ्करबाट इन्धन चोरी भएको बुधबार बिहान थाहा पाएको अनुसन्धानबाट खुलेको निगमका प्रादेशिक कार्यालय विराटनगरका प्रमुख अशोक साहले बताउनुभयो ।

सो ट्याङ्करमा २० हजार लिटर डिजेल थियो । अमलेखगञ्जबाट आउने अन्य ट्याङ्कर विराटनगर निगममा आइसकेको छ । प्रादेशिक कार्यालय प्रमुख साहको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिको सदस्यमा निगमका सहायक प्रबन्धक समन कार्की, इन्धन ढुवानी सङ्घका अध्यक्ष गुणराज निरौला र अमलेखगञ्ज डिपोका उपप्रबन्धक रामकृष्ण श्रेष्ठ छन् ।

Logo