वर्तमान सरकार श्रमिकमैत्री छ : प्रम ओली

वर्तमान सरकार श्रमिकमैत्री छ : प्रम ओली


काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार श्रमिकमैत्री भएको बताउनु भएको छ । श्रमिकको अन्तर्राष्ट्रिय संस्था ‘यु एण्ड आई’ को एशिया–प्रशान्त क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उहाँले सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा तय गरेर श्रमिकमैत्री वातावरण बनाएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक परिर्वतन धेरै चरणमा भएको उल्लेख गर्दै अब आर्थिक विकासमा सरकार केन्द्रित रही सम्पूर्ण नेपालीको जीवनस्तर उकास्ने बताउनुभयो । उहाँले श्रम र श्रमिकका विषयमा सरकारले नीतिगत र कार्यक्रममै व्यवस्था गरेर अघि बढेको र नेपालमा रोजगारी गरेर बसेका विदेशीलाई पनि राम्रो वातावरण दिएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानमै श्रमको हकलाई मौलिक हकमा राखी श्रम र श्रमिकलाई सुरक्षा र हक अधिकारलाई उचित व्यवस्था गरेको स्पष्ट पार्नुभयो । उहाँले विदेशमा काम गर्ने नेपाली श्रमिकले विप्रेषणका साथै सीप र प्रविधि पनि भित्र्याउन आग्रह गर्नुभयो । एशिया प्रशान्त क्षेत्रका उपमहासचिव राजेन्द्रकुमार आचार्यले श्रमिकको साझा समस्याका बारेमा छलफल गरी समाधान खोज्ने उद्देश्यले सम्मेलनको आयोजना गरेको जानकारी दिनुभयो । तीन दिनसम्म चल्ने सम्मेलनमा २० देशका करीब ६०० प्रतिनिधि रहेका छन् ।

Logo