धमलाद्वारा चन्द समूह परित्याग

धमलाद्वारा चन्द समूह परित्याग


काठमाडौं,

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वपोलिटव्यूरो सदस्य कृष्ण धमलाले सो समूह परित्याग गरेका छन् । धमलाले मंगलबार एक विज्ञप्तिमार्फत आफूले सो समूह परित्याग गरी स्वतन्त्र वामपन्थीका रुपमा क्रियाशील रहने बताएका हुन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उनले चन्द नेतृत्वको नेकपा परित्याग गरेको उल्लेख गरेका छन् ।

धमला तत्कालीन नेकपा (माओवादी केन्द्र) का तर्फबाट सुर्खेत जिल्ला इन्चार्ज एवं महाधिवेशन आयोजना समितिका सदस्यसमेत थिए । ०५३ सालदेखि वाम राजनीतिमा सक्रिय धमला सुर्खेतको कम्युनिष्ट आन्दोलनका संस्थापकमध्येका एक हुन ।

Skip This
Logo