पूजा बाेहोरा बलात्कार प्रकरण: अभियुक्तलाई साढे ११ वर्ष कैद, १० लाख क्षतिपूर्ति

पूजा बाेहोरा बलात्कार प्रकरण: अभियुक्तलाई साढे ११ वर्ष कैद, १० लाख क्षतिपूर्ति


काठमाडौं,

सर्वोच्च अदालतले पूजा बोहोरा बलात्कार प्रकरणका अभियुक्तलाई जनही साढे ११ वर्ष जेल सजाय तोकेको छ। घटनाको ८ वर्षपछि सोमबार अभियुक्तद्वय सागर भट्ट र अम्मरराज अवस्थीलाई जेल सजाय तोकेको हो।

यसैगरी पीडितलाई राज्य र पीडकबाट दश लाख क्षतिपूर्ति भराउने आदेशसमेत भएको छ। बलात्कार प्रकरणमा दोषी ठहर गरिएका भट्ट र अवस्थीलाई जेल सजाय हुने गरी अन्तिम फैसला भएको छ। सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र हरि फुँयालको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो। उनीहरुलाई यस अघि सोही इजलासले बलात्कारी ठहर गरेको थियो। सर्वोच्चले दोषी ठहर गरे पनि सजाय तोक्न बाँकी थियो।सर्वोच्च अदालतले जिल्ला अदालत बैतडीले गरेको फैसला सदर गरेको छ ।

वि.सं. ०६९ पुस ९ गतेका दिन जिल्ला अदालत बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय सागर भट्ट र अमर अवस्थीलाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १३ वर्ष कैद र जनही ५० /५० हजार जरिवानाको फैसला सुनाएको थियो ।

बैतडी जिल्ला अदालतले गरेको सो फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले उल्टाउँदै अभियुक्तद्वय भट्ट र अवस्थीलाई निर्दोष सावित गरेको थियो । तर सो फैसलालाई सर्वोच्च अदालतले उल्टाएको छ ।

पुनरावेदनको फैसला विरुद्ध बोहराले सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दर्ता गर्नुभएको थियो । एसएलसी परीक्षा दिँदै गर्दा सामूहिक बलात्कार पीडित बोहरा ०६८ सालको एसएलसी परीक्षा चलिरहेको बेला गणित विषयको गेश पेपर किन्न जाँदा बैतडी जिल्ला भूमेश्वर– ३ को जगन्नाथ पुस्तक पसलका सञ्चालक २३ वर्षीय भट्ट र बैतडी गुजर २ को चाँदनी फोटो स्टुडियोका सञ्चालक ३० वर्षीय अवस्थीले सामूहिक बलात्कार गरेका थिए ।

Logo