चलचित्र दि कर्मा माघ १७ गते रिलिज हुने

चलचित्र दि कर्मा माघ १७ गते रिलिज हुने


काठमाडौं,

चलचित्र ‘दि कर्मा’ आगामी माघ १७ गते रिलिज हुने भएको छ । आज यस चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।निर्माण पक्षले चलचित्रको अफिसियल पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।

यस चलचित्रको निर्माण जयराज रायले गरेका हुन् भने देवकुमार श्रेष्ठले निर्देशन गरेका छन् । जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यस चलचित्रमा नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनाहरु देखाइएको छ ।

श्रीदेव बीएल र निशा खतिवडा निर्माता रहेको चलचित्रमा शारदा खड्का सह–निर्माता रहेका छन् । चलचित्रको कथा जयराजले लेखेका हुन् । यस चलचित्रमा कलाकारहरु नीता ढुंगाना, परमिता आरएल राणा, वुद्धि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतको दमदार अभिनय देख्न सकिनेछ ।

Logo