नेता हराएको सूचना दिल्लीका रुख र भित्तामा

नेता हराएको सूचना दिल्लीका रुख र भित्तामा


नयाँदिल्ली,

भारतीय जनता पार्टीका नेता तथा पूर्वक्रिकेटर गौतम गाम्भिरका तस्बिर नयाँदिल्लीका रुखहरुमा टाँसिएका छन् ।

‘गौतम हराएको सूचना ’ भन्दै उनको विरोध स्वरुप तस्बिर टाँसिएको हो । सांसद समेत रहेका गौतम गत साता वायुप्रदूषण समाधानबारे संसद अन्तर्गत समितिको महत्वपूर्ण बैठकमा उपस्थित नभएपछि उनको विरोध भएको हो ।

गौतमको तस्बिर सहित रातो अक्षरमा ‘लापता’ भन्दै दिल्लीका नागरिकले उनको विरोध गरेका हुन् । पोस्टरमा लेखिएको छ, ‘यो मान्छेलाई तपाईँले देख्नुभएको छ ? उनी इन्दोरमा पछिल्लो पटक जेरी खाँदै गरेको अवस्थामा भेटिएका थिए । समग्र दिल्लीले उनलाई अहिले खोजिरहेको छ ।’

वायुप्रदूषण समाधान बारे संसदको समितिको बैठकमा गौतम विना कारण अनुपस्थित भएका थिए । पछिल्लो समय वायुप्रदूषणका कारण दिल्लीको जनजीवन अस्तव्यस्त बनिरहेका बेला उनको विरोध भएको हो ।
एजेन्सी

Logo