बलात्कार आरोपमा २ नेता जेल चलान

बलात्कार आरोपमा २ नेता जेल चलान


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा संघ र नेपाली काँग्रेसको विद्यार्थी संगठनका दुई नेता जेल चलान भएका छन् । बलात्कार आरोपमा पक्राउ परेका दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेल ललितपुर जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो  ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर, ललितपुरले कात्तिक ३ गते नियन्त्रणमा लिएको थियो । उनीहरुलाई जिल्ला अदालत ललितपुरले शुक्रबार नख्खु कारागार चलान गरिएको हो । पोखरेल  तत्कालिन एमालेको युवा संघको उद्योग तथा समृद्धि विभागको सदस्य हुन् भने गजुरेल नेविसंघको पूर्व केन्द्रीय सदस्य र हाल कांग्रेस नुवाकोट जिल्ला सदस्य हुन् ।

उनीहरूमाथि गत असोज २९ गते ललितपुरमा १९ वर्षीय युवतीमाथि बलात्कार गरेको अभियोग छ ।

Skip This
Logo