समाजवादी पार्टी नेपाल सरकारबाट नबाहिरिने सम्भावना

समाजवादी पार्टी नेपाल सरकारबाट नबाहिरिने सम्भावना


काठमाडौं,

समाजवादी पार्टी नेपाल सरकारबाट नबाहिरिने सम्भावना वढेको छ । सो पार्टीको शुक्रबारदेखि बसेको केन्द्रीय समिति बैठकले सरकारबाट नबाहिरिने निर्णय गर्ने सम्भावना देखिएको हो ।

बिहीबार बसेको संघीय परिषद् बैठकले पनि पार्टी सरकारबाट बाहिरिने कि नबाहिरिने भन्ने निर्णय गर्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो ।

तत्कालीन नयाँ शक्ति समूह सरकारबाट बाहिरिनु पर्ने पक्षमा छ तर तत्कालीन संघीय समाजवादी पार्टी भने सरकारबाट बाहिरिने पक्षमा नदेखिएपछि पार्टीमा विवाद बढ्दै गएको छ । आफूले अघि सारेको संविधान संशोधनको मुद्दालाई सरकारले बेवास्ता गरेको भन्दै सरकारमा बस्ने वा नबस्ने मुद्दालाई लिएर समाजवादी पार्टीमा विवाद दुईथरी आवाजहरु उठिरहेको सन्दर्भमा जनमत सरकारबाट नबाहिरिने पक्षमा गएको बुझिएको छ ।

केन्द्रीय समिति बैठकमा पेस भएको समाजवादी पार्टीको नियमावली ०६७ मा राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली लगायत एजेन्डामा संविधान संशोधन गर्न सरकार र सदन दुवै उपयोग गर्ने नीति लिने उल्लेख छ ।

Skip This
Logo