यस्ताे रह्याे प्रतिनिधिसभा विघटनको विरूद्ध कांग्रेसकाे विरोध प्रदर्शन (भिडियाेसहित)

यस्ताे रह्याे प्रतिनिधिसभा विघटनको विरूद्ध कांग्रेसकाे विरोध प्रदर्शन (भिडियाेसहित)


काठमाडाैं ।

संसदको तल्लो सदन प्रतिनिधि सभा विघटनको विरोध गर्दै कांग्रेसले देशका १ सय ६५ निर्वाचनन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । सरकारको उक्त निर्णयको विरोध गर्दै सोमबार कांग्रेसले देशभर प्रदर्शन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित कदम चालेको भन्दै कांग्रेसले देशका १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा ‘असंवैधानिक निर्णय खारेज गर, सर्वसत्तावादी ओली सरकार मुर्दावाद, जस्ता प्लेकार्ड र ब्यानरसहित कांग्रेसका नेता तथा कार्यकर्ता सडकमा ओर्लिएका थिए ।

विरोध प्रदर्शनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन सम्वन्धि सर्वोच्च अदालतको कोर्टबाट हुने फैसलालाई कांग्रेसले कुर्ने बताएका छन् । भक्तपुर २ मा आयोजित विरोध प्रदर्शनमा सहभागी देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी भएको र अदालतको आदेशको समेत पालना गर्ने पार्टी भएकाले संसद विघटनका विषयमा पनि अदालतको निणर्य हेरेर थप निणर्य लिने बताए । संवोधनका क्राममा सभापति देउवाले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको पनि स्वीकार गरेका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि अदालतले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन् । तनहुँ क्षेत्र नम्बर २ भीमादको विरोधसभालाई सम्बोधनका क्रममा वरिष्ठ नेता पौडेलले सरकारले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको र अदालतले त्यसलाई सच्याउने विश्वास व्यक्त गरेका हुन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर महागल्ती गरेको बताएका छन् । विघटित संसद खोज्न सडकमा कांग्रेस आएको पनि प्रवत्ता शर्माले प्रष्ट्याएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको संविधानप्रति बदनियत रहेको जनाउँदै शर्माले प्रतिनिधि सभा विघटनको दोषीमा प्रधानमन्त्री पहिलो स्थानमा रहेको तथा, प्रचण्ड–माधव नेपाल पनि उतिकै दोषी रहेको आरोप लगाएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पूर्व राष्ट्रपति रामवरण यादवको भूमिका स्मरण गर्न सुझाए छन् ।

यस्तै नेपालगंजमा सम्बोधन गर्दै नेता गगन थापाले संसद विघटनको विषयमा सर्वोच्च अदालतले न्याय दिने आशा धेरै जनाले लिएको बताएका छन् । ‘अदालतले न्याय देओस श्रीमान्, अदालत प्रति जनताको आस्था र सम्मान छ, श्रीमान न्यायको हत्या नहोस,’ सम्म्बोधनका क्रममा नेता थापाले भने । नेता थापाले कांग्रेसले अदालतको आदेशको पालना गर्ने समेत बताए ।

Logo