दाङमा गोली चल्यो, युवा र युवतीलाई बन्धक बनाइ अस्लिल भिडियो खिच्नेहरू पक्राउ

दाङमा गोली चल्यो, युवा र युवतीलाई बन्धक बनाइ अस्लिल भिडियो खिच्नेहरू पक्राउ


प्रहरीले दाङको तुलसीपुरमा गोली प्रहार गरी ३ जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले अपहरणकारीलाई पक्राउ गर्न दुई राउन्ड हवाई फायर गरेको हो । प्रहरीले १९ वर्षीय विमल वली, नविन नेपाली र २६ वर्षीय दुजबहादुर खत्रीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार उनीहरुले मोटरसाइकलमा फर्कदै गरेका एक युवा र युवतीलाई बन्धक बनाइ अस्लिल भिडियो समेत बनाएका थिए। सो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै ५ लाख रुपैयाँ माग्दै धम्की दिँदै आएका थिए ।

पक्राउ परेका तीन जना र फरार दुई जना समेत गरी ५ जना युवाले  ति युवा र युवतीलाई कुटपिट समेत गरेको प्रहरीले जनाएको छ ।

Logo