जुम्लामा एक होटलमा आगलागी

जुम्लामा एक होटलमा आगलागी


जुम्ला,

जुम्लाको खलंगा बजारस्थित एक होटलमा आज आगलागी भएको छ। चन्दननाथ नगरपालिक ५ नेवाकिचन खाजा घरमा बिहान पौने ११ बजे आगलागी भएको हो ।स्थानिय नवराज श्रेष्ठको घरमा आगलागी भएको थियो ।

घटना लगत्तै तत्कालै दमकल र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । श्रेष्ठ आफ्नै घरमा होटल व्‍यवसाय गर्दै आएका थिए ।

आगलागीको कारण खुल्न नसके पनि पूजा गर्दा बालेको वत्तीबाट आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दमकल समयमै पुगेका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । क्षतिको विवरण भने आउन बाँकी छ।

Skip This
Logo