मादक पद्धार्थ सेवन गरेका चालकले चेकिङमा खटिएका प्रहरीलाई घुस दिन खोजेपछि…

मादक पद्धार्थ सेवन गरेका चालकले चेकिङमा खटिएका प्रहरीलाई घुस दिन खोजेपछि…


बुटवल,

रुपन्देही प्रहरीबाट मादक पदार्थ सेवन गरि सवारी चलाएका व्यक्तिले चेकिङमा खटिएका प्रहरीलाई घुस दिन खोज्दा एक व्यक्ति पक्राउ परेका छन् ।

राती करीब साढे दश बजेको समयमा जिल्ला रुपन्देही ओमसतिया गाउपालिका वार्ड नं. १ स्थित ठुटिपिपल चोकमा चेकजाँच गरी रहेको अवस्थामा लु २५ प ८९२७ नं. को मोटरसाईकल र लु ३१ प ६१२१ नं. को स्कुटरमा सवार बुटवल उपमहानगरपालिका वार्ड नं. १५ बस्ने बर्ष २५ का नारायण भुषाल र जिल्ला रूपन्देही ओमसतिया गाउापालिका वार्ड नं. १ बस्ने बर्ष २८ को मनिष चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरि मोटरसाईकल चलाएका भुषाल र चौधरीले प्रहरीलाई अभद्र ब्यवहार गरि पाँच सयको नोट देखाउदै पैसा दिन खोजेकोले पक्राउ गरि थप कारवाही अघि बढाईएको रुपन्देहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकृत प्रहरी नायव उपरिक्षक खडकबहादुर खत्रीले बताए ।

Logo