आलु र केराउ भनेर ल्याएको भारतीय गाडीमा अवैध कुखुराको मासु र बीफ

आलु र केराउ भनेर ल्याएको भारतीय गाडीमा अवैध कुखुराको मासु र बीफ


केही दिनअघि नेपाल सरकार राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकले नियन्त्रणमा लिएको UP B 3 AT 9647   र HR 55 R 4850 नम्बरका दुईवटा भारतीय गाडी खोलिहेर्दा अवैध कुखुराको मासु र बीफ लुकाइछिपाई ल्याइएको अवस्थामा फेला परेको छ ।  उक्त रेफ्रिजेरेटरयुक्त गाडीहरूमा फ्रोजन आलु र हरियो केराउ रहेको भनी भन्सार पास गराइएको थियो ।

यसबाट आलु र केराउ भन्दै काठमाडौंमा गाई र कुखुराको मासु तस्करी भइरहेको खुल्न आएको छ।

मासु जाँचका लागि विभागले खाद्य तथा गुणस्तर विभागमा पठाउने तयारी गरेको छ। भारतबाट नेपालमा जिउदो कुखुरा तथा मासु ल्याउन प्रतिबन्ध छ।

मासु नेपालका सोल्टी, हायात लगायतका होटलहरुको लागि ल्याएको खुल्न आएको विभागले जनाएको छ।

ती होटलहरूले राजस्व छलेर बाहिरबाट मासु अवैध तरिकाबाट मगाउने गरेको गुनासो आएपछि चलाइएको अभियानमा २ वटा गाडी विभागले नियन्त्रणमा लिएको हो।

तारे होटलले झिकाएका ती सामान त्यसरी फेला पर्नुले नेपालमा व्यवसायीहरूले गर्ने अनियमितता उजागर भएको छ ।

 

Skip This
Logo