१८ लाख नेपाली रुपैयाँसहित ३ जना भारतीय पक्राउ

१८ लाख नेपाली रुपैयाँसहित ३ जना भारतीय पक्राउ


वीरगन्ज महानगरपालिका वडा नम्बर-१६ रजतजयन्ती चोकस्थित सडक खण्डमा सवारी साधन तथा पैदल यात्रुहरू समेतको चेकजाँच गर्ने क्रममा १८ लाख नगदसहित तीन जना पक्राउ परेका छन् । स्रोत नखुलेको उक्त १८ लाख नेपाली रुपैयाँसहित पक्राउ परेका उनीहरू  अवैध हुण्डी कारोबारी भएको प्रहरीले बताएको छ ।

शुक्रबार विहान साढे १० बजे भारतको रक्सौलबाट वीरगन्जतर्फ तीनवटा मोटरसाइकलमा आउँदै गर्दा उनीहरू पक्राउ परेका हुन् । उनीहरू BR 05 S 3792, BR 05 B 1444  र BR 06 AR 3789 नम्बरकाे भारतीय माेटरसाइकलमा आउदै थिए ।

पक्राउ पर्नेमा भारत बिहार सुगौली बजार बस्ने वर्ष २२ को बिक्की कुमार, भारत रक्सौल नागा रोड बस्ने २६ वर्षीय सुधिर कुमार र सोही स्थान निवासी ३० वर्षीय सहिद आलम छन् ।

 

Logo