शुक्रबार इरानको पूर्वी आजरबैजान प्रान्तको टार्क काउन्टीलाई केन्द्रविन्दु बनाई पाँच दशमलव नौ रेक्टरको भूकम्प जाँदा पाँच जनाको मृत्यु भएको छ । "/>

इरानमा भूकम्प जाँदा ५ जनाको मृत्यु, ३ सयभन्दा बढी घाइते

इरानमा भूकम्प जाँदा ५ जनाको मृत्यु, ३ सयभन्दा बढी घाइते


शुक्रबार इरानको पूर्वी आजरबैजान प्रान्तको टार्क काउन्टीलाई केन्द्रविन्दु बनाई पाँच दशमलव नौ रेक्टरको भूकम्प जाँदा पाँच जनाको मृत्यु भएको छ । यो क्षेत्र  राजधानी तेहरानबाट चार सय किलोमिटर टाढा पर्दछ ।

स्थानीय अधिकारीले भूकम्पमा परी तीन सय जनाभन्दा बढी घाइते भएको जनाएका छन् । तीमध्ये गम्भीर घाइते भएका १३ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

अमेरिकी भौगोलिक सर्वेक्षण संस्था (यूएस जियोलोजिकल सर्भे) का अनुसार भूकम्पको केन्द्रविन्दुको गहिराइ १० किलोमिटर थियो ।भूकम्प गएपछि ४० पटक भन्दा बढी पराकम्पन गएको थियो । भूकम्प प्रभावित क्षेत्रमा उद्धार गर्ने टोली परिचालन गरिएको छ । स्थानीय सञ्चारमाध्यमहरूले भूकम्पको केन्द्रविन्दु रहेको ठाँउका ३० भन्दा बढी  घरमा क्षति भएको जनाएका छन् । एजेन्सी

Skip This
Logo