आज प्रतितोला ६ सय रुपैयाँ घट्यो सुनको भाउ

आज प्रतितोला ६ सय रुपैयाँ घट्यो सुनको भाउ


तीन दिनदेखि घट्दो क्रममा रहेको सुनको मूल्य आज बुधबार पनि घटेको छ । मंगलबार ७० हजार ८ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा एकैपटक ६ सय रुपैयाँले घटेर ७० हजार २ सयमा झरेको छ ।

तेजावी सुनको भाउ पनि तोलामा एकैपटक ६ सय रुपैयाँले घटेर ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी तोलामा एकैपटक २० रुपैयाँले घटेर ८४५ रुपैयाँमा आइपुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १८५, प्रति १० ग्राम तेजावी सुनको मूल्य ५९ हजार ९३० र प्रति १० ग्राम चाँदीको मूल्य ७२४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस १ हजार ४ सय ८६ अमेरिकी डलर छ।

Logo