प्रधानमन्त्री बन्न प्रचण्डको व्यग्रता

प्रधानमन्त्री बन्न प्रचण्डको व्यग्रता


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ढिलोचाँडो प्रधानमन्त्री बनिछाड्ने बताएका छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । मंगलबार आयोजित उक्त कार्यक्रममा उनले नेपालगञ्जमा क्षेत्रीय विमानस्थल बनाउन पनि पहल गर्ने बताए ।

प्रचण्डले भने, ‘नेपालगञ्जमा पनि पोखरा र लुम्बिनीमा जस्तै विमानस्थल बनाउनुपर्छ भन्ने तपाईंहरूको माग जायज छ । यसमा मेरो पूर्ण समर्थन र पहल हुनेछ ।’ उनले हिल्सा–सुर्खेत सडक फराकिलो बनाउन चीनसँग कुरा भएको भन्दै उत्तरदक्षिण सडकमार्ग जोड्न सके नेपालगञ्जको विकासले गति लिने बताए । प्रचण्डले नेपालगञ्ज–दिल्ली एयर रुट बनाउन र नेपालगञ्जलाई उपमहानगरबाट महानगर बनाउन आफ्नो प्रयास रहने आश्वासनसमेत दिन भ्याए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघले प्रचण्डसमक्ष नेपालगञ्जको विकासका लागि ७ बुँदे मागपत्र बुझाएको छ । ती मागका विषयमा प्रचण्डले आफू ढिलोचाँडो प्रधानमन्त्री बन्ने र त्यसपछि ती सबै माग पूरा गर्ने प्रतिबद्धता दर्शाए ।

Logo